सोमवार, बैशाख १७, २०८१

दलको नेतामा सहमति खोज्न एमाले केन्द्रीय समितिको बैठक बस्दै, दुईधारमा विभाजित नेताहरु आ-आफ्नै अडानमा

 काठमाडौंँ माघ २०, नेकपा एमालेको मंगलवार हुने संसदीय दलको नेता चयन लगायत नवौ महाधिवेसन तयारीको प्रसंगमा छलफल गर्न एमाले केन्द्रीय समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी मुख्यालयमा बल्खुमा बोलाइएको बैठकमा संसदीय दलको नेता चयनमा सहमति खोजिने एमाले सम्वद्ध  uml officeस्रोतले जनाएको छ । । यदि आजको बैकमा सहमति हुन नसके भोलि संसदीय दलको नेता नेता निर्वाचनको माध्यमबाट छनौट गरिनुको विकल्प नभएको बताइएके छ । हुनत दलको नेता छनौठको लागि गडन गएिको निर्वाचन समितिलाई चुनावको तयारी गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।

यसवीचमा एमाले वृतमा देखिएको गुटबन्दीको खाका अनुसार  नेता केपी ओली र वामदेव गौतम मिलेपछि एमालेमा नयाँ समिकरण बनेको छ । अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल एकै कित्तामा उभिएको छ । त्यस्तै एमालेमा देखिएको यि दुईधार मध्य पार्टी अध्यक्ष खनालपक्षधर भने यसअघिको परम्परा अनुसार अध्यक्ष नै दलको नेता बनाउनुपर्ने अडानबाट टसमस भएको छैन भने ओली पक्षधरले एक व्यक्ति एक पदको अबधारणा कार्यान्वयन गर्दै पार्टीलाइ अगाडि बढाउँनु पर्नैमा प्रष्ट अडान वयक्त गरेको छन ।