काठमाडौं माघ १९, संविधानसभाका ठूला दल नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने नेपाली कांग्रेसले आज गरेको अन्तिम प्रयास पनि असफल भएको छ । सहमतिय सरकार गठनका लागि आज काँग्रेसले तेस्रो पटक बोलाएको सर्वदलीय बैठकमा एमाओवादी र राप्रपा नेपालले प्रतिपक्षमा बस्ने औपचारिक जनाकारी गराएपछि सहमतीय सरकार गठनको प्रस्ताव औपचारिक रुपमानै असफल भएको हो ।
संविधानसभामा प्रतिनिधित्व रहेका ३० दल मध्ये १६ दलले मात्र काँग्रेसको प्रस्तावमा सहमति जनाएको र एमाओवादी राप्रपा नेपालल गायतका दलले प्रस्तावको विपक्षमा आफ्नो राए प्रस्तुत गरे संगसंगै मुलुकमा अव बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । त्यस्तै आजको बैठकको समापन संगसंगै कांग्रेसले सहमतीय सरकार नबन्ने राष्ट्रपतिलाई जानकारी गराइसकेको छ । अब राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को २ अनुसार बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुहुनेछ ।