सोमवार, जेष्ठ १४, २०८१

उपत्यकामा थपिए ३२६ थप नयाँ संक्रमित

काठमाडौं भाद्र २२ ,
सोमबार देशका विभिन्न प्रयोगशालामा ९ हजार २१८ जनाको पिसिआर परीक्षणको क्रममा थप ९७९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४७ हजार २३६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौंका २९३ जना ललितपुरका २० जना र भक्तपुरका १३ जना सहित ३२६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ३६ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको जनाउदै मन्त्रालयले गत २४ घण्टामा संक्रमणका कारण ११ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०० पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।