बिहिबार, बैशाख २०, २०८१

टोखानपा नवज्योती मार्गमा सुटकेशमा फेला परेको शवको पहिचान खुल्यो,हत्याराको खोजी तिव्र

काठमाडौं साउन २६ ,

टोखा नगरपालिका १० गणेशस्थानस्थित नवज्योती मार्गको किनारमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शव आइतबार बिहान फेला परेको शवको पहिचान भएको छ । धारिलो हतियार प्रहार गरी टुक्रा पारेर कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा जेब्रा झोलाभित्र छुट्टाछुट्टै दुई ठाउँमा राखेको अवस्थामा ती पुरुषको शव फेला परेको हो ।

कालो सुटकेशमा फेला परेको उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको जनाउदै महानगरीय प्रहरी कार्यालय काठमाडौंले । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको र निजको कसले किन हत्या गर्यो भन्ने विषयमा अपराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले अनुसन्धान अघि बढाइसकेका जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।