बिहिबार, बैशाख २०, २०८१

संक्रमितको सख्या रफ्तारमा बढेसंगै विज्ञहरुसँग छलफलमा प्रधानमन्त्री ओली ,नयाँ रणनिति अख्तियार गरिने

काठमाडौं साउन २० /उमेश भण्डारी  

पछिल्लो समय काठमाडौ उपत्यकालगायत देशैभर कोभिड संक्रमणको  र संक्रमितको सख्या उच्च रफ्तारमा बढ्न थालेसंगै प्रधानमन्त्री केपी ओलीले बढ्दो संक्रमणको रफ्तार रोक्नका लागि अपनाइनु पर्ने विषयगत एजेन्दामा जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दै हुनुहुन्छ ।

मंगलवार विहान ११ बजेका लागि तय विज्ञहरुसँग छलफलपछि  प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे आवश्यक कदम चालिने प्रम सचिवालयले जनाएको छ।  विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिदै गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पनि बढ्दो कोभिड संक्रमण नियन्त्रणका लागि नयाँ रणनिति अख्तियार गरिने यसअघिनै जानकारी दिइसक्नु भएको छ ।

त्यस्तै यसवीचमा आवश्यक सतर्कता नअपनाएर लकडाउन खोलेको भन्दै सरकारको आलोचनाभएसंगै सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरेको हो । १२० दिने लामो बन्दाबन्दी खोलेसंगै नेपालगञ्ज, प्रदेश २ का वीरगंज, धनुषा त्यस्तै विराटनगर झापा सप्तरीसंगै काठमाडौं उपत्यकामा पनि समेत कोभिड संक्रमित संख्या निकै रफ्तारमा बढेको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।