शुक्रबार, बैशाख २१, २०८१

भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं चैत ३०,  पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेको हो । तीनै जनाको नमूना हिजो बाग्मती प्रदेशको राजधानी हेटौंडाको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयले जनाएके छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा ५५, ४४ र ३७ बर्षमा तीन जना पुरुष रहेको जनाउँदै यसवीचमा उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गर्ने कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोभिड १९ पोजेटिभको सूचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.30 #COVID-19

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.30#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Sonntag, 12. April 2020

संक्रमण भेटिने तीनै जना भारतीय मुस्लिम धर्म प्रचारकहरु रहेको बताइएको छ । उनीहरुलाई वीरगञ्ज महानगरपालिका–२ छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको छ । यसअघि नेपालमा संक्रमण भेटिएका नौ मध्ये एक जना निको भएर घर फर्किसकेका छन । ८ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।