बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री ओलीले भने – सरकार सञ्चालन पनि घरबाटै भइरहेको छ , तपाईं पनि घरमै बस्नुस्

काठमाडौं चैत १२ , प्रधानमन्त्री केपी ओलीले विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले सरकारले ११ गतेदेखि चैत १८ गतेसम्म जारी गरेको लकडाउन’ को दोस्रो दिन ट्वीटमार्फत् सन्देश दिँदै आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ ।
प्रम ओलीले आफ्नो फोटोसहित ट्वीट गर्दै लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गर्दै “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, अर्को घोषणा नहुञ्जेल तपाईहरुपनि घरमै बस्नुहोस भन्दै जनतालाई आह्वान गर्नु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।