बिहिबार, बैशाख २०, २०८१

घुस लिएको अभियोगमा प्रजिअ रिजाल पक्राउ

काठमाडौ पुस १५, अख्तियार दुरूपयोग अनुसनधान आयोगले अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।  आयोगद्दारा जारी विज्ञप्तिमा प्रजिअ अधिकारीले । आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न सेवाग्राहीसँग घुस लिएको अभियोगमा आज पक्राउ गरेको उल्लेख गरिएको छ ।

यस्तै आयोगले आजै ३ नम्बर नापी गोश्वारा कार्यालय काठमाडौका तत्कालीन नापी अधिकृत शम्भुप्रसाद शर्मासहित ३ जनाविरुद्ध गैरकानूनी तरिकाले व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा अभियुक्तत्रयले काठमाडौको कित्ता नम्बर २३७ को जग्गा नयाँ नापी हुँदा उक्त कित्तासँगै रहेको सार्वजनिक बाटोको जग्गासमेत घुसाई भ्रष्टाचार गरेको अनुसँनधानको क्रममा खुलेको जनाउँदै तत्कालीन नापी प्रमुख शर्मा, मालपोत अधिकृत विष्णुकुमार राई र जग्गाधनी अरुणकुमार रञ्जित समेतको मिलेमतो देखिएकाले उनीहरूविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।