शुक्रबार, बैशाख २१, २०८१

करोडौँ रकम रकमान्तर सहितको बैंकिङ कसुरका फरार अपराधी तामाङ पक्राउ

काठमाडौ असार २१ , महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गएराती कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौँ रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पु¥याउने कार्यमा संलग्न रही फरार रहेका तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षीय सौजन तामाङलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीका अनुसार ललितपुरको जाउलाखेलबाट पक्राउ परेका तामाङलगायतको समूहले गत असोज ७ गते कृषि विकास बैंक शाखा कार्यालय न्युरोडमा अनधिकृतरुपमा सुनिता श्रेष्ठको खातामा रु ४९ लाख ५० हजार रकमान्तर गरी त्यसबाट रु नौ लाख ५० हजार भुक्तानी लिएको जनाउदै निजहरु विरुद्ध सङ्गठित अपराधसमेतको कसुरमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

व्यक्तिको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कूल रु ४ करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएसंगै प्रहरीले अनुसन्धान शुरु गरको थियो ।

यसअघि महाशाखाले श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जालाई पक्राउ गर्दै सङ्गठित अपराध कसुरमा अनुसन्धान तथा कारवाहीका शुरु गरेपनि तामाङ भने फरार हुँदै आएका थिए ।

यसैवीच प्रहरीले चोरिएका तथा हराएका मोटरसाइकल फेला पारी आज स्वयं धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले उपत्यकाको विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल आज धनीलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।