शुक्रबार, बैशाख २१, २०८१

१५ औं धर्मश्री शारीरिक सुगठनको उपाधि सिजापतिलाई

काठमाडौँ असोज २०, नेपाल व्यायाम मन्दिरद्दारा आयोजित १५ औं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले ८० केजी तौल समूह भन्दामाथिको समूहबाट  जितेका छन । छ प्रतिष्पर्धीलाई पछाडि पार्दै  विजेता बनेका सिजापतिले उपाधिसँगै सिजापतिले रु ५ लाख पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको दोस्रो पुरस्कार महेश महर्जन , तस्रो पुरस्कार रामबहादुर दाहालले प्रवेश श्रेष्ठले चौथो र सञ्जीव श्रेष्ठले पाँचौ पुरस्कार जितेका छन । उनीहरुले क्रमशः रु दुई लाख, एक लाख, ९० हजार, ८० हजार पुरस्कर स्वरुप प्राप्त गरेका छन । प्रतियोगिताका विजेतालाई उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानलगायतले पदक तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैवीच कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले शारीरिक सुगठनका पूर्वखेलाडी शिवलाल श्रेष्ठलाई ५५ हजार ५५५ सहित सम्मानपत्र सहित‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गर्नु भएको थियो ।  फोटो”  Bhimsen Das Pradhan ko fb page

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।