बिहिबार, बैशाख २०, २०८१

मन्त्रीपरिषद बैठक : पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि गर्ने निर्णय

  • कार्तिक १ गतेदेखि लागू हुने गरी श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि 
  • गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेलको राजिनामा स्वीकृत
  • गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारी नियुक्त
  • नेप्रप्रको कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्यसचिवमा प्रा जगतप्रसाद उपाध्याय र नागरिक लगानी कोषको सञ्चालकमा डा रामचन्द्र भट्टराईको मनोनयन

काठमाडौ असोज २१,  मन्त्रीपरिषदको आज बसेको बैठकले आगामी कार्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउदैँ आएका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाका अनुसार आजको बैठकले गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिनुभएको राजिनामा स्वीकृत गर्दै गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको जानकारी दिदै मन्त्रिपरिषद् बैठकले नेपाल प्रज्ञा प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्यसचिवमा प्रा जगतप्रसाद उपाध्याय र नागरिक लगानी कोषको सञ्चालकमा डा रामचन्द्र भट्टराईलाई मनोनयन गरी सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

त्यस्तैगरि उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, उखु उत्पादक संघ, चिनी उत्पादक सङ्घ, उपभोक्ता हित संरक्षणसम्बन्धि संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सह–सचिव रहने गरि राखी सात सदस्यीय कार्यदल गठन गरेको छ भने विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट ऋण स्वरुप रु ११ अर्ब ६३ करोड र जापान सरकारले सिन्धुली सडक सुधारका लागि प्रदान गर्ने रु एक अर्ब चार करोड स्वीकृत स्वीकृत गर्नको लागि अर्थसचिवलाई अख्तियारी प्रदान गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।