बिहिबार, बैशाख २०, २०८१

जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयलाइ सयन कक्ष बनाउँने कोशिस नगर्न युनियनको चेतावनी

  काठमाडौ कार्तिक ११.  नेपाल प्रेस युनियनले समाचार संकलनका क्रममा यातायात व्यवस्था विभागमा पुगेका सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुर्व्यवहार गर्दै भाद्र १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर धम्क्याएको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा  सार्वजनिक सेवाको क्षेत्र आम नागरिक र सेवाग्राहीको पहुँचमा हुनुपर्नेमा यातायात व्यवस्था विभागका उच्च अधिकारीको तहबाटै गरिएको हर्कत सार्वजनिक सेवाको क्षेत्रलाई आम नागरिकको पहुँचबाट टाढै राख्न खोजिएको वा नियन्त्रण गर्न खोजिएको जनाउ सहित विभागका निर्देशक साहको सञ्चारकर्मीलाई हतोत्साहि बनाउने कार्य आफैमा निन्दनीय रहेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय सयन कक्ष हैन भन्ने कुरा निर्देशक साहले बुझेर पनि बुझ पचाएको देखिएको छ। व्यक्तिगत प्रयोगजनमा नभइ सार्वजनिक गर्ने उदेश्यले खिचिएका तस्विर तथा दृश्यमा मुलुकी संहिताको देवानी र फौजदारी कानुनलाई दुरुपयोग गर्ने आसयलाई गलत व्याख्या गर्ने शाहको रवैयाको विरोध गर्दै पदिय मर्यादा विपरितका काम गर्ने निर्देशक साहलाई आफ्नो कमजोरी स्विकार्दै क्षमायाचना गर्न युनियनले आग्रह गरेको छ । अन्यथा युनियन निर्देशक साहको कार्यको भण्डाफोर गर्दै सार्वजनिक रुपमा प्रतिवादमा उत्रने पर्ने अवस्था सिर्जना नहोस भन्ने चेतावनी समेत दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।