शनिबार, बैशाख २२, २०८१

राजधानीमा हुने विमिस्टेक सम्मेलनको क्रममा सवारीको व्यवस्थापन जोर- विजोर प्रणालीमा

 काठमाडौ भाद्र १० , काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनको सुरक्षालाइ दृष्टिगत गर्दै ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गर्नुको अलावा राजधानीमा आगामी भाद्र  १३,१४ र १५ गते राज्यले जोर विजोर प्रणाली अन्र्तगत सवारीको व्यवस्थापन गर्ने भएको छ ।

 महानगरीय ट्राफिक प्रहरी ट्राफिक महाशाखाका अनुसार विमिष्टेक सम्मेलन अवधिभर पाहुनाहरूको आवागमनलाई व्यवस्थित र सहज बनाउन भाद्र १३, १४ र १५ गते तीन दिन उपत्याकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन हुने जनाएको छ।

जसअनुसार ३ दिन अर्थात १३ गते साधनको नम्बर प्लेटको अन्तिम अंक बिजोर भएको , १४ गते नम्बर प्लेटको अन्तिम अंक जोर भएको र १५ गते नम्बर प्लेटको अन्तिम अंक विजोर नम्बरका सवारी मात्र चलाउँन पाउँने भएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।