शनिबार, बैशाख २२, २०८१

पत्रकार बादललाइ प्रताडित गर्दै आइरहेका घर छिमेकलाइ कारवाही गर्न माग

काठमाडौं भाद्र ६ ,  समाज रुपान्तरणको संवाहकका रुपमा विगत ४ दशक यतादेखि पत्रकारिता जगतमा क्रियाशील हुँदै आइरहेका लेखक तथा पत्रकार भेषजंग वादल पछिल्लो समय आफ्नै घरछिमेकबाट प्रताडित बन्दै आएको छ ।

स्वतन्त्र पत्रकार संघका उपाध्यक्ष समेत रहेका पत्रकार बादललाइ यो वा त्यो नाममा यमकुमारी राइ लगायतका घर छिमेकले गर्दै आएको अमानवीय व्यवाहरका कारण न्याय निस्साका लागि जिप्रका काठमाडौ लगायतका सरोकारवाला निकायमा उजुर गर्दा समेत कुनै सुनवाइ नभएको घटनाप्रति संघको ध्यानाकर्षण भएको भन्दै स्वतन्त्र पत्रकार संघका अध्यक्ष नुतनधर शर्माले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार बादललाइ प्रताडित गर्दै आइरहेका घर छिमेकलाइ कारवाही गर्न माग गरेको छ ।

त्यस्तै विज्ञप्तिम पत्रकार बादललाइ पछिल्लो समय ज्यान मार्ने सम्मको धम्की दिनु कानुननी राज्यको उपहास भएको भन्दै अपराधिक मनस्थितीका ति व्यक्तिहरुलाइ तत्काल कारवाहीको दायरमा लिन माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।