शुक्रबार, बैशाख २१, २०८१

नेपाल प्रहरीका दुर्इदर्जन भन्दा बढि प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा, को काँहा ?

काठमाडौं साउन ३१,   गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल प्रहरीका दुइदर्जन भन्दा बढि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका विश्वराज पोखरेललाई नयाँ दिल्लाीस्थित नेपाली राजदूतावासमा पठाएको छ भने महानगरीय प्रहरी परिसर प्रमुखमा बसन्त लामालाई ल्याईएको छ ।

त्यसैगरी  महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरीमा प्रद्युम्नकुमार कार्की र ललितपुरमा रविन्द्र धानुक त्यस्तैगरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखाको जिम्मेवारी अरुणकुमार बिसीलाई दिइएकोछ ।

 Published on: Aug 16, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।