शुक्रबार, बैशाख २१, २०८१

उपत्यकाका सम्पूर्ण शिक्षण संस्थामा दुई दिन बिदा 

 अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्डवाहाकलाइ जोर–बिजोर प्रणाली लागु नहुने

काठमाडौ भाद्र १२,  सरकारले चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको बैठकमा शिक्षा मन्त्रालयको सिफारिश अनुरुप भाद्र १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने निर्णय गर्नुको अलावा सम्मेलन अवधीभर बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने जनाएको छ । छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।