बिहिबार, बैशाख २०, २०८१

मनसुन पूर्ण रूपमा सक्रिय, देशभर अझै दुई दिन वर्षाको संभावना

काठमाडौ असार १९,   मौसम पूर्वानुमान महाशाखाले मनसुन पूर्ण रूपमा सक्रिय भएसँगै सुरु भएको वषार्काको क्रम अझै दुई दिन देशका अधिकांश स्थानमा जारी रहने जनाएको छ ।

महाशाखाका अनुसार आइतबार साँझदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ । मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले अहिले पनि काठमाडौँ उपत्यकासहित देशैभर बदलीसँगै वर्षाको संभावना रहेको जनाउँदै बुधबारसम्म वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै मनसुन रेखा क्रमशः दक्षिणतर्फ सरेपछि मात्र नेपालमा वर्षा कम विभागले जनाएको छ ।