बिहिबार, बैशाख २०, २०८१

संसदीय सुनुवाइ समितिको पहिलो बैठक बस्दै , सर्वोच्च प्रन्याको सुनवाइ हुने

काठमाडौ असार २६,  संघीय संसदको संसदीय सुनुवाइ समितिको पहिलो बैठक आज बस्ने भएको छ । संघीय संसदको पहिलो बैठक बसेको चार महिनापछि सोमवार मात्र गठन भएको समितिको पहिलो बैठक आज १२ बजेका लागि बोलाईएको संसद सभिवालयले जनाएको छ ।

आजको बैठकमा मुलत प्राथमिकताका आधारमा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजदूतहरुको सुनुवाइ सम्बन्धित पक्षको सिफारिसका आधारमा तय गरिने भएको छ । त्यस्तै सर्वोच्चका प्रधानन्यायाधीश लगायतका संवैधानिक निकायमा हुनुपर्ने नियुक्ति समिति बन्न नसक्दा प्रैभावित बन्दै आएको थियो । आज बस्ने बैठकले संभवत प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अगाढि बढाउने तयारी रहेको बुझिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।