बिहिबार, बैशाख २०, २०८१

विश्वकप सट्टेबाजीका ३जना ठेकदार प्रहरी फन्दामा

काठमाडौ असार १९,   रूसमा जारी विश्वकप फुटबलमा सहभागी टिम मध्ये समर्थक टिमको जितहारको नाममा सट्टेबाजी खेलाउँदै मुनाफा आर्जन गर्ने ३ जना व्यक्तिलाइ महानगरीय प्रहरी परिसरले कामपा वडा न १५ स्थित बज्र होटल परिसरबाट पक्राउ गरेको छ ।

प्रहरी पक्राउ गरेका सट्टेबाजीका ठेकेदार कामपा म्हैपी बस्ने का २२ वर्षीय प्रकट महर्जन, कामपा वडा न २० बस्ने २२ वर्षीय रेजिन महर्जन र कामपा वडा न १५ चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रहेको जनाएको छ । प्रहरीले निजहरुबाट रु छ लाख ९९ हजार नगदसहित सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।