शुक्रबार, बैशाख २१, २०८१

विश्वकप फुटवल: रुस र क्रोएसिया टाईबे्रकर मार्फत अन्तिम ८ मा

 आज ब्राजिलले र मेक्सिको र बेल्जियमले जापानको सामाना गर्ने

काठमाडौ असार १८ , विश्वकप फुटवल अन्र्तगत आइतवार भएको  खेलमा रुस र क्रोएसिया दुवैले टाईबे्रकर मार्फत अन्तिम ८मा आफ्नो स्थान पक्का गरेको छ । नेपाली समय अनुसार पौने ८ बजे भएको खेलमा रुसले स्पेनलाई घरेलु मैदानको भरपुर फाइदा उठाउँदै खेलको निर्धारित पूरा समयमा १-१को वरावरी कायम राख्दै अतिरिक्त समयसम्म पनि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाईब्रकेरमा परिणत भएको हो । 

टाई ब्रेकरको क्रममा स्पेनका दुई खेलाडी कोके र ईयागो आसपासको प्रहार रुसी गोलरक्षक ईगोर आकिनफेभले रोकेपछि रुस ४- ३ ले विजयी भएको हो ।  त्यस्ते गरि आइतवारको दोस्रो खेलमा डेनमार्कलाई हराउँदै क्रोएसिया विश्वकप फुटबल प्रतियोगिताको अन्तिा ८मा प्रवेश गरेको छ ।  खेलको निर्धारित समय १-१ को वारवरीमा खेलै अतिरिक्त समय सकिन ४ मिनेट बाँकी छँदा क्रोएसियाले पेनाल्टी हान्ने अवसर पाएपनि क्रोएसियाले पेनाल्टीलाइ गोलमा परिणत गर्न नसक्दा खेल टाई ब्रकेरमा पुगेको हो । टाई ब्रकेरमा क्रोएसिया ३-२ ले विजयी भइको हो ।  अवको खेल क्रोएसियाले अन्तिम ८ मा रुसको सामना गर्नेछ ।

यसैवीच विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आजको खेल नेपाली समय अनुसार पौने ८ बजे ब्राजिल र मेक्सिको र पौने १२ बजे बेल्जियम र एसियाली टिम जापानवीचको खेल हुनेछ । समुह चरणको खेलमा ब्राजिलले स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेल खेलेको थियो भने कोष्टा रिकालाई २-० ले तथा अन्तिम खेलमा सर्वियालाई २-० ले हराएको थियो । त्यस्तै  मेक्सिकोले जर्मनी र दक्षिण कोरियालाई पराजित गर्दै स्वीडेनसँग भने पराजित भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।