शुक्रबार, बैशाख २१, २०८१

डा.केसीको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै, आजबाट आकस्मिक बाहेकको सवै सेवा ठप्प

(फाइल फोटो)

 राजधानीमा सामुहिक सत्याग्रह, सरकार अझै आफ्नै अडानमा, डा केसीको सत्याग्रहको प्रारुप सरकार र प्रतिपक्षबीचको लडाईमा रुपान्तरित

  काठमाडौ साउन ८ , चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसनमा बस्नु भएका डा.गोविन्द केसी अनसनको समय आजबाट २५ औं दिन पुगेको छ । सरकारले केसीको स्वास्थ्य स्थिती विग्रेको भन्दै बल प्रयोग गर्दै उपचारको नाममा जबर्जस्ती काठमाडौँ ल्याए पनि वार्ता तर्फ भने खासै पहल गरेको छैन । त्यस्तै डा. केसीले आफूमाथि सरकारले जबजस्ती गरेको भन्दै काठमाडौ आएदेखि स्वास्थ्य परीक्षण गर्न मानिरहेका छैनन् ।   जुम्लामानै डा केसीको मुटुको चालमा गम्भीर समस्या देखिएको बताउँदै उहाँलाइ सिसियुमै राखेर उपचार गर्नु पर्ने सुझावसमेत दिएका थिए। तर अहिले डा. केसी काठमाडौ आएको लामो समय व्यतित भइसक्दा पनि उनले आफ्नो स्वास्थ्य परीक्षण गर्न मानिरहेका छैनन् भने उनको स्वास्थ्य अवस्था झन नाजुक बन्दै गइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त अब डा।केसीका माग पुरा नहुन्जेल संघर्ष जारी राख्ने बताउँदै आन्दोलनको घोषणा सहित सडकमा ओर्लिसकेका छन भने नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य, शान्ति समाजका कृष्ण पाहाडी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी लगायतका नेताले उहाँको माग प्रति एैकेवद्धता जनाएका छन । त्यस्तै ड.केसीका समर्थकले राजधानीकोकसन्तपुरस्थित शिवपार्वती मन्दिर लगायतका विभिन्न क्षेत्रमा सामुहिक सत्याग्रह सुरु गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेका कारण वार्ता हुन नसकेको सरकारी वार्ता टोलीसंग त्यो अहधिकार नभएका कारण वार्ताको वातावरण बन्न सकिरहेको छैन । तर पनि सरकार यसतर्फ गम्भीर बन्न सकेको छैन ।    पछिल्लो समयमा डा केसीको स्वास्थ्य सबैको चिन्ता चासोको विषय बन्दै गर्दा अव का दिनमा भने लडाइको प्रारुप परिवर्तन हुँदै काँग्रेस र कम्युनिष्टको अर्थात सरकार र प्रतिपक्षबीचको लडाई बन्न पुगेको छ ।

यसैवीच  नेपाल चिकित्सक संघले डा गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै मंगलबारबाट अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले सोमबार जारी गरेको विज्ञप्ति मा देशैभरका अस्पतालहरुका चिकित्सकहरुले आ–आफ्नो अस्पतालमा रिले अनशन र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्न निर्देशन दिइएको छ ।  संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले डा केसीको मागमा सरकार गम्भीर नभएकाले अब देशैभरका अस्पताल, नर्सिङ होम, स्वास्थ्य संस्थाका सम्पूर्ण कर्मचारी चिकित्सकहरुले आकस्मिक बाहेकको सेवा ठप्प पारेर रिले अनशन बस्नु परेको जनाएको छ ।

त्यस्तै गत असार १६ गते देखि अनशनरत नेपाल चिकित्सक संघका आजीवन सदस्य प्राडा गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल  २४औं दिन बितिसक्दा पनि गम्भिरता प्रकट नगरिएको हुनाले डा।केसीको जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेको नेपाल चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ ।

Publish on: Jul 24, 2018

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।