शनिबार, बैशाख २२, २०८१

डा केसीको गिरफ्तारीप्रति काँग्रेसको आपत्ति,समयमै सच्चिदै  जिम्मेवार ढंगले अघि बढ्न सरकारलाइ आग्रह 

 काठमाडौ असार १८,   नेपाली काँग्रेसले जुम्लामा गरिएको प्रा डा गोविन्द केसीको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेको छ । सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको प्रस्तुति बिल्कुलै स्वाभाविक हुन्छ भने न्यायोचित माग राखेर गरिने अनशन सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रुपमा लिनुपर्नेमा सरकारले ठिक त्यसको विपरित कार्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्दारा जारी उक्त विज्ञप्तिमा  काँग्रेसले संसदमा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगतमा क्रमशः हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्ने जस्ता क्रमिक श्रृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको जनाउँदै सरकारको हचुवा शैलीमा निश्चित नियतका साथ प्रस्तुत हुँदै गएको पछिल्लो उदाहरण चिकित्साशास्त्र विधेयकमाथिको व्यवहार भएको जनाईएको छ ।

 त्यस्तै विज्ञप्तिमा  सरकारलाइ  यी यस्ता विषयमा समयमै सच्चिदै  जिम्मेवार ढंगले अघि बढ्न  आग्रह गर्दा पनि सरकार गम्भीर बनेन भने संसद, सडक, प्रेस, सामाजिक सन्जाल र अनशन समेतको चौतर्फी दबाब झेल्न कठिन हुने चेतावनी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।