बिहिबार, बैशाख २०, २०८१

का.म.पा द्दारा बालमैत्री उद्यान निर्माणकालागि टोखा नगरपालिकालाइ १ करोड सहयोग

छाडा चौपाया व्यवस्थापन गर्न अर्को सम्झौता

काठमाडौं असार २०, नगर—नगर साझेदारि कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाले छिमेकी टोखा नगरपालिकालाई बालमैत्री उद्यान निर्माण गर्न १ करोड रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमकावीच महानगरका प्रमुख विद्यासुन्दर शाक्यले टोखा नगरका प्रमुख प्रकाश अधिकारीलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो । दुई नगरबीच सम्पन्न सम्झौताका आधारमा, यो रकम टोखा नगरपालिका वडा नं. १ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बाल उद्यान निर्माणमा खर्च हुनेछ । ३ बर्षभित्र निर्माण गरिसक्नु पर्ने सम्झौता गरेर रकम हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै महानगरका प्रमुख शाक्यले महानगरसंगै आसपासमा रहेको अरु नगरको समेत विकास गर्दै समग्रमा उपत्यकाको विकासका लागि स्वीकृत कार्यक्रम अन्तर्गत टोखा नगरलाई सहयोग गरेके बताउँनु भएको छ ।  त्यस्तै कार्यक्रममा टोखा नगरका प्रमुख प्रकाश अधिकारीले, असल र भरपर्दो छिमेकीको रुपमा महानगरले उपलब्ध गराएको सहयोग प्रति आभार व्यक्त गर्नु भएको थियो ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले  स्वागत अभिव्यक्ति सहित उपत्यकाको एकीकृत बिकासकालागि हरेक नगरलाई आर्थिक सहयोग दिएर बिकासमा साथै लैजाने लक्ष्य अनुरुप महानगरले टोखा नगरपालिकालाइ सहयोग गरेको जानकारी दिदै आगामी आवमा आसपासका १० नगरपालिकालाइ पनि सहयोग गर्ने कामपाको योजना रहेको जानकारी दिनु भएको थियो ।

 यसैवीच सोहि कार्यक्रममा महानगरले सडकमा छोडिएका चौपाया तथा सामुदायिक कुकुर व्यवस्थापनमा जनचेतना अभिवृद्धि गर्न सदुगुरु सेवा कुटुम्ब मन्त्रादेवी मन्दिर त्रिपुरेश्वरसँग पनि सम्झौता गरेको छ । प्रस्तुत सम्झौता अनुरुप महानगरले उपलब्ध गराउँने १० लाख रुपैयाँ सहयोगबाट सडकमा भेटिएका वेवारिसे गाई, गोरु, वाच्छा—बाच्छी, साँढे, कुकुरजस्ता चौपायाको उद्धार तथा औषधि उपचारसमेत गर्नु पर्नेछ ।त्यस्तै सम्झौताबमोजिम कामको थालनी वडा नं. २ लाजिम्पाट क्षेत्रबाट हुनेछ । यस क्रममा भेटिएका चौपायाको ट्यागिङ गर्ने, कम्प्युटरकृत अभिलेख तयार पार्ने काम हुनेछ । त्यस्तै अन्यसँगको सहकार्यमा पशु आश्रय स्थल सञ्चालन गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ । फोटो: चन्द्रमणी भटटराइ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।