शनिबार, बैशाख २२, २०८१

उपत्यका काँग्रेसले आज माइतीघरमा अराजक ओली सरकार  विरुद्ध प्रदर्शन गर्ने

 काठमाडौं साउन ८, नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका जनविरोधी क्रियाकलापविरुद्ध भेषणा गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत आज काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्दै सरकारको धज्जी उडाँउने भएको छ ।

११ बुँदे माग सहित हुने उक्त विरोध प्रदर्शनमा केन्द्रीय स्तरका नेताहरु पार्टीका जिल्ला समितिका पदाधिकारी भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै इकाई मात्र नभएर अधिकारकर्मी चिकित्सक संघ लगायत जनसागरको समेत सभहभागिता रहने बताईएको छ ।  केपी ओली नृेतृत्वको सरकारले दुइ तिहाइको दम्भ सहित संवैधानिक व्यवस्थाको समेत उल्लंघन गर्दै अराजकता र अधिनायकवादको चरम उदाहरण प्रस्तुत गरेको भन्दै काँग्रेस आन्दोलित भएको हो ।

प्रदर्शनको  क्रममा   कांग्रेसले प्रस्तुत गरेका शिक्षा (स्वास्थ्य अध्यादेश ,    डा गोबिन्द केसीको जीवन रक्षा सहित  इन्टनेट शुल्क , मुल्यवृद्धि , फोहोरमैलाको अव्यवस्थापन र ७० वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय, मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई मासिक ५०००र जिविकोपार्जन भत्ता दिने व्यवस्थाको कार्यान्वयन सहित भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय र भुकम्पले भत्किएका ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माणका साथै स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित नगर, निजी तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुले अगाडि वढाउने स्वतन्त्रतामाथि वन्देज नलगाउ र सरकारको अधिनायकवादी शैलीको अन्त्यको माग काँग्रेसले गरेको छ ।

Publish on: Jul 24, 2018

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।