बिहिबार, बैशाख २०, २०८१

उपत्यकाको बढ्दो तापक्रमसंगै अबको तीन दिन वर्षा हुने : मौसम पूर्वानुमान महाशाखा

 काठमाडौ असार२४, मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ब्ढदो तापक्रमसंगै आगामी तीन दिनसम्म देशैभर बदली तथा वर्षा हुने जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । 

महाशाखाले शनिवार दिउँसो देशका पूर्वी र पश्चिम क्षेत्रका भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र मध्य क्षेत्रका भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताउँदै आइतबार दिउँसो देशभरिनै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै यो क्रम

आगामी असार २५ गते सोमबार सम्म रहने र सो दिन दिउँसो देशभरिनै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले पूर्वी तथा मध्ये क्षेत्रको एक/दुई स्थान सहित देशको केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।