शनिबार, बैशाख २२, २०८१

महासंघ उपत्यका प्रदेश समितिले प्रदेश पार्षद भेलाको आयोजना गर्ने

 काठमाडौं असार १ , नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आज सम्पन्न बैठकले प्रदेश समितिले उपत्यकास्थित महासंघको जिल्ला तथा प्रदेश पार्षद भेलाको आयोजना गर्ने नितिगत निर्णय गरेको छ ।   प्रदेश समितिका अध्यक्ष नारायणकुमार दाहालको अध्यक्षतामा सम्पन्न आजको बैठकले प्रदेश समि��िलाइ चलायमान बनाइ राख्न विभिन्न समितिको आवश्यकता महसुस गर्दै प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको संयोकत्वमा क्रमस पत्रिका प्रकाशन समिति , समन्वय समिति , श्रमजीवी हकहित (पत्रकार) स्वरोजगारमुलक पत्रपत्रिका प्रवद्र्धन समिति प्रवद्र्धन समिति उपत्यका स्तरिय जिल्ला तथा प्रदेश पार्षद भेला आयोजना समिति, समावेसी समिति अनुगमन तथा अनुशासन समिति कानुन समिति र स्वास्थ्य समिति   गठन गरेको हो ।

प्रदेश समितिको तर्फबाट प्रकाशन गर्ने तयारी रहेको त्रैमासिक पत्रिका प्रकाशन समतिको संयोजकको जिम्मेवारी समितिका महिला उपाध्यक्ष प्रमिला वानियाँलाइ दिईएको छ । त्यस्तै उपत्यकास्थित स्थानीय निकाय र सरकारी कार्यालयसंग कार्यगत एकता कायम गर्ने लक्ष्य सहित समितिका महासचिव श्रीजन झालाइ उपत्यका प्रदेश समन्वय समितिको संयोजक तोकिएको छ ।

त्यसैगरि उपत्यका स्तरिय जिल्ला तथा प्रदेश पार्षद भेला आयोजना र प्रदेश समितिको भवन निर्माणका लागि आवश्यक जग्गा खोज तथा प्राप्तिका लागि प्रदेश समिति सचिव विष्णु आचार्यको संयोजकत्वमा प्रस्तुत समिति गठन गरिएको छ । साथै बैठकले प्रदेका समितिका कोषाध्यक्ष टेनिस रोक्काको संयोजकत्वमा श्रमजीवी हकहित (पत्रकार) प्रवद्र्धनका लागि आवश्यक कार्य सम्पादन गर्ने गरि समिति गठन गर्नुको अलावा स्वरोजगारमुलक पत्रपत्रिका प्रवद्र्धनका लागि अख्तियार गर्नुपर्ने मार्ग पहिचान गर्दै सोहि मुताविकको कार्य सम्पादन गर्ने लक्ष्य सहित प्रदेश सदस्य सागर पन्तको संयोकत्वमा अर्को समिति गठन गरेको छ ।

त्यस्तै आजको बैठकले प्रदेश समितिका उपाध्यक्ष माधव पौडेलको संयोजकत्वमा अनुगमन तथा अनुशासन समिति, प्रदेश समितिका सचिव अमर भुजुको संयोजकत्वमा समावेसी संरचना कार्यान्वनका लागि समावेसी , आवश्क कानुनी परामर्शको लागि स् प्रदेश समिति सदस्य मणिराम पौडेलको संयोजकत्वमा कानुन समिति र प्रदेश समितिको तर्फबाट आयोजना गर्ने सक्ने स्वास्थ्य संग सम्बन्धीत विविध कार्यक्रमको आयोजना तथा सरोकार वाला निकायसंग सम्न्वय गर्ने गरि प्रदेश समितिका सदस्य लोकराज अवस्थीको अवस्थीको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरेको उपत्यका प्रदेश समितिले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।