शुक्रबार, बैशाख २१, २०८१

प्रहरी नायब निरीक्षक ऐडीविरुद्ध मुद्धा दायर

 काठमाडौ असार ७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्ग, काठमाडौँका प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडीविरुद्ध आज विशेष अदालत काठमाडौंमा बिगो रु २४ हजार र सोहीबराबर जरिवाना माग दावीसहित मुद्धा दायर गरेको छ ।

 अभियुक्त ऐडीले व्यवसाय सञ्चालन गरेवापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान सुरु आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।