बिहिबार, बैशाख २०, २०८१

सरकारको अधिनायकवादी कदम विरुद्ध कांग्रेसलाई साथ दिन नेता जोशीको आह्वान

 काठमाडौं जेठ १५ , ११ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौं काँग्रेस महानगर १३ वडा इकाई समितिद्दारा संघीय राजधानी कालिमाटी चोकस्थित चित्तधर शालीक दिप प्रज्वलन कार्यक्रमको आयोजना गरको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले गणतन्त्र भनेको पूर्ण रुपमा जनताद्वारा जनतालाई गरिने ��ासन भएको बताउँदै दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना दिनु भएको छ ।

साथै उहाँले सम्बोधनको क्रममा सरकारले अदालतबाट सजायको आदेश पाएको व्यक्तिलाई आममाफी दिएर मानव अधिकारको ठाडो उल्लंघन गरेको बताउँदै भने कुनै पनि अधिनायकवाद हामीलाई मान्य हुने छैन । यसअर्थमा सरकारको यावत अधिनायकवादी कदम विरुद्ध नेपाली कांग्रेसलाई साथ दिन आह्वान गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा पूर्व सभासद् श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी राजुराज जोशी एवं काठमाडांै महानगर १३ वडा इकाई सभापति सुरेन्द्र मानन्धरले पनि गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनु भएको थियो ।