बिहिबार, बैशाख २०, २०८१

शंकराचार्य निश्चलानन्द साताव्यापी धार्मिक यात्राका लागि काठमाडौमा

 काठमाडौ बैशाख ३०,   नेपालको साताव्यापी धार्मिक यात्रा कार्यक्रम अन्र्तगत  जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती आज नेपाल आउनुभएको छ ।

पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डको आमन्त्रणमा नेपाल आउँनु भएको शंकराचार्य निश्चलानन्द सरस्वतीले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा वैदिक विधिअनुसार विशेष पूजाअर्चना सहित हंसमण्डपमा प्रवचन दिने लगायतका कार्यक्रम रहेको छ ।  त्यस्तै शंकराचार्य निश्चलानन्द सरस्वतीलाइ जेठ १ गते मंगलबार टुँडिखेलमा नागरिक अभिनन्दन समेत गरिने भएको छ ।

शंकराचार्यको स्वागत एवं विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको विश्व हिन्दूमहासंघका महासचिव अस्मिता भण्डारीले जानकारी दिनु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।