शनिबार, बैशाख २२, २०८१

प्रम ओलीले प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाएको सचिब गुरुङको आरोप

भक्तपुर बैशाख २८ , माओवादी केन्द्रका सचिब देब गुरुङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाएको आरोप लगाउनु भएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्षसँग कुनै परामर्श नगरी जुन महत्वपूर्ण खालका निणर्यहरु भएका छन् यसले प्रचण्डलाई सेरोमोनियल बनाएको आरोप लगाउनु भएको छ ।

उहाँले पार्टी एकिकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले त्यस्तो ब्यवहार देखाउन नसक्दा बिश्वासको वातारणमा शंका देखिएको सचिव गुरुङको जिकिर रहेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण दुई देश बिचका सम्बन्ध बिस्तारको स्वरुप भएको बताउँदै भ्रमणका समय जसरी नेपाली सुरक्षा कर्मी भन्दा भारतिय सुरक्षाकर्मी बढी हुन कुटनीतिक छलफलको बिषय समेत बनेको उहाँले बताउनु भयो । एमाले र माओवादी केन्द्र लगाएत राष्ट्रवादीहरुको पार्टी एकताका बिषयमा प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा बिदेशी शक्तिहरुका चलखेल भईरहेको बताउँदै यस्ता चलखेलबाट चनाखो रहँदै एकिकर हुने र पार्टी एकिकरणका बारे बाहिर आए जस्तो मिति तय नभएको भन्दै उपयुक्त समयमा संयोजन समितिले निर्धारण गर्ने मितिमा ढिला चाँडो भए पनि पार्टी एकिकरण हुने बताउनु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।