शुक्रबार, बैशाख २१, २०८१

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

काठमाडौ वैशाख १३,  नेपालको संविधानको धारा ११४ को उपधारा  (१)  बमोजिम न्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज चारवटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उहाँले आज जारी गर्नु भएको अध्यादेशमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।