शुक्रबार, बैशाख २१, २०८१

क्यूएफएक्स सिनेमाको दुई टिकटको खरिदमा एक टिकट निःशुल्क

काठमाडौं चैत २१ , सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकर्वगहरूका लागि  बैंकको भिसा डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि टीम क्वेष्ट प्रालि अन्तर्गतका सम्पूर्ण क्यूएफएक्स सिनेमा हलको टिकट खरिद गर्दा ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ ।

बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्यमा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस किसिमको  योजना कार्यान्वयनमा ल्याएको जारी विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रस्तुत योजनाअन्तर्गत क्यूएफएक्स सिनेमाका सम्पुर्ण हलहरुमा खरिद गरिएका टिकटमा लागु हुने जनाउँदै जारी योजनाबाट ग्राहक वर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंक विश्वस्त रहेको उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।