बिहिबार, बैशाख २०, २०८१

भक्तपुरमा आउने पर्यटकका लागि आकस्मिक सेवा

भक्तपुर फागुन २७,  भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतवार सझौता भएको छ ।  आइवारदेखि नै लागू हुने अस्पताल र पर्यटन विकास समितिबीच भएको सम्झौता भएको जानकारी रफत सञ्चार क्बलमा पत्रकार सम्मेलन गरी दिईएको हो ।  सम्झौता पश्चात अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले अस्पतालले पर्यटकलाई आकस्मीक सेवा प्रदान गर्नका लागि अस्पताल र विकास समितिबीच सम्झौता भएको बताउनुभयो ।  अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, फुट पोइजन साधारण देखि अन्य रोगको उपचार हुने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तपुरमा आउने पर्यटकका लागि आकस्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इबामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरिएको हो ।  भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा आउने पर्यटक झन बढ्ने बताउनुभयो । उहाँले अब भक्तपुरमा आउने पर्यटक आकस्मिक रुपमा बिरामी भए जुनसुकै समयमा पनि इबामुराले स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो । झन्डै बार्षिक ३ लाख पर्यटकले भ्रमण गर्ने भक्तपुरमा पर्यटकका लागि आकस्मिक उपचारको ब्यवस्था तर्फ कसैको ध्यान जान नसकेका बेला यस्तो सेवाको सूरुवात गरिएको जानकारी गराईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।