शुक्रबार, बैशाख २१, २०८१

चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुडाउन निषेध

 काठमाडौं फागुन ३०, सरकारले चैत १ गतेदेखि अर्थात विहिवारबाट  देशभर २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी–साधनका कारण वायुप्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो ।

 साथै २० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि गुडेमा नियन्त्रणमा लिदै जफत गरी लिलाम गर्ने सरकारको तयारी रहेको जनाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदले २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी–साधन गुड्न नदिने सवालमा गरेको निर्णय अनुरुप २० वर्ष पुराना सवारी गुडाएमा समातेर कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको बुझिएको छ ।

 तर यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २० वर्ष पुराना सवारी नरोकिने जनाएको छ । हाल देशभर पाँच हजार ५०० ओटा २० वर्ष पुराना सवारी–साधन गुडिरहेको विभागले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।