बिहिबार, बैशाख २०, २०८१

२४ घण्टाभित्र अध्यादेश जारी गर्न अन्तरिम आदेशको माग गर्दै रिट दर्ता

काठमाडौ पुस १३ अधिवक्ता यज्ञमणि न्यौपानेले आज सर्वोच्च अदालतमा राष्ट्रियसभा गठन नभई सरकार गठन लगायतका काम कारबाही नगर्न/नगराउन आदेशको माग गर्दै रिट निवेदन दर्ता गराउँनु भएको छ ।

अधिवक्ता न्यौपानेले एमाले, नेकपा माओवादी केन्द , नेपाली काँग्रेस र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोगलाईसमेतलाइ विपक्षी बनाई दायर गर्नु भएको रिटमा राष्ट्रियसभा गठन नगरी सरकार गठन, प्रधानमन्त्री तथा प्रदेश प्रमुख नियुक्तिलगायतका काम कारबाही नगर्न÷नगराउन माग गरिएको छ ।

  त्यस्तै नेपालको संविधानको धारा ७६ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुन प्रतिनिधिसभाको गठन हुनु अनिवार्य सर्त भएको रहेको र प्रतिनिधिसभा गठन हुन निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक सदस्यको अन्तिम निर्वाचन परिणाम घोषणा गर्नुपर्ने जिकिर गर्दै रिटमा राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल जारी गर्नुपर्ने, निर्वाचन आयोगले अध्यादेश पारित नभएसम्म समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्न नुहने, अध्यादेश पारित नगरी प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अगाडि बढाउन नुहने, राष्ट्रियसभाको निर्वाचन परिणाम प्रकाशन नभएसम्म प्रतिनिधिसभाको गठन नै हुन नसक्ने भएकाले राष्ट्रपतिले २४ घण्टाभित्र अध्यादेश जारी गर्न अन्तरिम आदेश मागसमेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।