शुक्रबार, बैशाख २८, २०८१

गौरा पर्वका शुभकामना दिदै राष्ट्रपति भण्डारी र प्रम देउवाले यसो भने…

काठमाडौ भाद्र १३,   राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ ।  गौरा पवको अवसरमा उहाँले जारी गर्नु भएको शुभकामना सन्देशमाCaptureसदियौँदेखि मनाइँदै आएको सो मोलिकता वोकेको प्रस्तुत पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको बताउँदै हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई यसबाट राष्ट्रिय एकता सुदृढ हुँदै आएको उल्लेख गर्नु भएको छ ।

यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेकामा शुभकामना अभिव्यक्त गर्दै हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरूको अनुपम संगमस्थल भएको उल्लेख गर्दै परापूर्वकालदेखि मनाइँदै आइएको गौरा पर्व नेपालीको विशिष्ट पहिचान भएको बताउँनु भएको छ ।  साथै उहाँले आफ्नो शुभकामना सन्देसमा प्रस्तुत पर्वले सबैमा सुख, शान्ति र समृद्विको कामना गर्दै गौरा पर्वले नेपालीबीच सामाजिक सद्भाव र भ्रातृत्वपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031