शनिबार, बैशाख १५, २०८१

बढ्दो असहिष्णु प्रकृतिका गतिविधि न्यूनीकरणका लागि सुरक्षाअंगलाइ अर्लट रहन निर्देशन

राष्ट्रिय सुरक्षा परिषद्को ३१ औँ बैठक

काठमाडौ असोज १७,

आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को ३१ औँ बैठकले मुलुकमा पछिल्लो समय यो वा त्यो नाममा बढ्दो  धार्मिक, साम्प्रदायिक सद्भावमा खलल बढाउने अराजक गतिविधि प्रति गम्भीर चिन्तन सहित   पछिल्ला केही दिनमा देशका केही स्थानहरूमा भइरहेको   यस्ता असहिष्णुता प्रकृतिका गतिविधि  न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल गरेको  छ।

    प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको परिषद्को बैठकमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक सद्भावमा खलल बढाउने जस्ता असहिष्णुता प्रकृतिका गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषय गत छलफल गर्दै बैठकले सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जलगायतका स्थानमा सुरक्षालाई चुनौती दिने गरी  बढ्दो  धार्मिक तनाव प्रति  सर्तक हुँदै  सबै सुरक्षा अंगलाइ अर्लट रहन निर्देशन दिएको बुझिएको छ ।

प्रधानमन्त्री ,उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिवको उपस्थिति रशेको बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा कार्यनिति सम्बन्धी समीक्षा समेत राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन[आर्थिक वर्ष २०७८/७९] नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा [३] बमोजिम स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय समेत गरेको छ