मङ्लबार, बैशाख ११, २०८१

प्रम देउवाले भने -दिल्लीमा जे बोले, साँचो बोले

विप्लव नेतृत्वको माओवादीद्दारा कालो झण्डा सहित विमानस्थलमा प्रदर्शन

काठमाडौं भाद्र ११, प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ५ दिने औपचारिक भैमण पछि आज साँझ स्वदेश फर्किनु भएको छ । स्वदेश फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा  भारत भ्रमणको सवालमा प्रधानमन्त्री देउवाले भने, ‘कहाँ के बोल्ने भन्ने कुराको नीति बनाउँ न त पहिला, नत्र के बोल्ने Captureभनेर कसलाई सोधेर जाने ’ भन्दै आफूले संविधान संशोधनको विषयमा बोलेको कुराको बचाउ गरेका छन्।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सरकारले पेस गरेको संविधान संशोधन प्रस्ताव संसदमा दुई तिहाइ नपुग्दा फेल भएको र फेरि पनि दुई तिहाइ पुर्याएर संशोधन गर्ने आफ्नो योजना रहेको सवालमा दिएको अभिव्यक्तिको मुलुकका प्रतिपक्षी दल एमाले लगायतले आलोचना सहित टिकाटिप्पणी गर्दै गरेको अवस्थामा उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।  त्यस्तै पत्रकार सम्मेलनमा प्रम देउवाले आफ्नो भारत भ्रमण  सफल भएको चर्चा गर्दै प्रस्तुत भ्रमणले नेपालीको शीर ठाडो हुनुको अलावा दुई देशको सम्बन्धमा यदा कदा देखिदै आएको तिक्तता मेटिएको बताउँनु भएको छ ।

यसैवीच विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रघाती सम्झौता गरिएको आरोप लगाउँदै एयरपोर्टमा कालोझण्डासहित प्रर्दशन गरेका छन् । प्रधानमन्त्री स्वदेश आइपुग्नुअघि नै माओवादी कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन सहित नारावाजी गरेका थिए ।