बिहिबार, चैत्र १५, २०८०

उम्मेदवारी सिफारिस गर्दा यो वा त्यो नाममा शुल्क नउठाउन कांग्रेस केन्द्रीय समितिको निर्देशन

काठमाडौं भाद्र १३,
सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा सिफारिस शुल्क वा यो वा त्यो नाममा रकम माग गरिएको पक्ष प्रति केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउ सहित उम्मेदवार सिफारिसको क्रममा कुनै पनि किसमको शुल्क माग नर्गन वा नउडाउँन मातहतका सवै तप्कालाइ निर्देशन दिएको छ ।

पार्टी मुख्यालयलका मुख्य सचिव कृष्ण प्रसाद पौडेल आज जारी गर्नु परिपत्रमा पार्टीको विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टीले लिनु पर्ने लेबी बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु र उठाउनु विधान विपरित हुने ठहरसहित परिपत्र मार्फत यस्तो निर्देशन जारी गरिएको हो ।

त्यस्तै जारी परिपत्रमा ७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नाममा जारी परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग गरिएको भन्ने जानकारी प्राप्च भएको जनाउ सहित पार्टीको विधानको व्यवस्था विपरित यी यस्ता काम कारवाही नगर्न नगराउन हुन निर्देशन दिइएको उल्लेख गरिएको छ।