शुक्रबार, चैत्र १६, २०८०

म.प बैठक: प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन मंसिर १० र २१ गरी दुई चरणमा हुँने

काठमाडौ भाद्र १४,   मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि मिति घोषणा गरिएको प्रदेशसभा र प्रतिनिधि सभाको pm-office-11012017102857-600x0निर्वाचनको मिति हेरफेर गर्दै दुई चरणमा गर्ने निर्णय गरेको छ ।  आयोगबाट प्राप्त सुझावका आधारमा भन्दै बैठकले प्रदेशसभा र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते निर्णय गरेको छ ।  सरकार प्रवक्ता समेत रहेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार आयोगले नै दुई चरणमा गर्ने सुझाव दिएका कारण दुइ चरणमा निर्वाचन गर्ने निर्णग गरिएको जानकारी दिनु भएको छ । त्यस्तै उहाँले निर्वाचन क्षेत्र, निर्धारण आयोगले प्रतिवेदन प्राप्त भएलगत्तै थप काम अघि बढाइने बताउँनु भएको छ ।  त्यस्तै आजको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्ने निर्णय सहित एशियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त रु १५ अर्ब ४८ करोडको बजेट ऋण अनुदान सहायतालाई स्वीकार गर्ने निर्णय गरेको छ । साथै नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथी पदमा पदोन्नति गर्ने र मिसुधार सचिव कृष्णराज देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । भूमिसुधार मन्त्रालयमा शम्भु कोइराला, खानेपानी तथा सरसफाइ मन्त्रालयमा कृष्णराज जिसीलाई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा महेश्वर न्यौपानेलाई लैजाने निर्णय भएको छ ।