बुधबार, बैशाख १२, २०८१

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

काठमाडौं कार्तिक २१,
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा २ बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स [डब्लुपिएल]’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् ।  राष्ट्रपति भण्डारी यही कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएके छ ।