शनिबार, बैशाख १५, २०८१

नयाँ शक्तिको मौजुदा केन्द्रीय समिति विघटन

  •   फोरमसँगको एकता प्रक्रिया अहिलेलाई अन्त्य भएको जनाउ

  • माओवादी केन्द्रसँग एकाकार हुने सवालमा चलेको हल्ला पनि केवल हल्ला मात्र

5C4A5266काठमाडौ श्रावण १३ , पूर्व प्रम डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आफ्नो मौजुदा केन्द्रीय समिति विघटन गर्दै डा भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । नयाँ शक्तिले आज केन्द्रीयसमिति र संघीय परिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आजयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको जनाउ सहित केन्द्रीय समिति विघटन गरिएको जानकारी दिनु भएको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका विभिन्न १२ समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिदै पछिल्लो समय चीन र भारतबीच भुटानको उत्तरी क्षेत्र दोक्लममा लिएर सुरु भएको विवादप्रति चिन्ता व्यक्त गर्दै भुटानको सार्वभौमसत्ताको सम्मान गर्न र शान्तिपूर्ण तवरले समस्याको समाधान गर्न दुवै देशलाई आह्वान गरेको छ ।  त्यस्तै अव मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद्को अवधारणा कायम गर्नुको विकल्प नभएको ठहर सहित प्रस्तुत मुद्धामा दलहरुबीच एकता कायम गर्नु पर्नेमा बैठकले नितिगत निर्णय गरेको बताईएको छ ।

त्यस्तै गरि पत्रकार सम्मेलनमा डा भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अहिलेलाई अन्त्य भएको जनाउ सहित माओवादी केन्द्रसँग एकाकार हुने सवालमा चलेको हल्ला पनि केवल हल्ला मात्र भएको जानकारी दिईएको छ ।