बिहिबार, बैशाख १३, २०८१

सत्तारुढ दल र राजपाबीचको वार्ता , बन्यो यस्तो सहमति

काठमाडौ श्रावण २७,  सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र र राजपाबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच भएको छलफल सकारात्मक भएको छ ।

Deuwa_RJPछलफलको क्रममा संविधान संशोधनको विषयलाई मतदान गरी पारित गराउनका लागि प्रक्रिया अगाडि बढाउनेतर्फ सहमति बनेको जानकारी दिदै काँग्रेसका नेता विमलेन्द्र निधिले आजको वार्ता निर्णायक भएको जनाउ दिनु भएको छ, त्यस्तै उहाँले राजपाले उठान गर्��ै आएको शहीद घोषणा, मुद्दा फिर्ता, घाइतेहरूको क्षतिपूर्ति, स्थानीय तहको संख्या वृद्धिलगायत सरकारले पूरा गर्न सरकार गम्भिररुपले प्रस्तुत हुने र आसन्न निर्वाचनमा राजपाको सहभागितका लगायतका विषयमा सहमति भएको जानकारी दिनु भएको छ ।  आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर र नेताहरू राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताको उपस्थिती रहेको थियो ।  फोटो साभार: प्रम देउवाको ट्वीटर