शुक्रबार, बैशाख १४, २०८१

प्रजातन्त्र विना पत्रकारिता अर्थहिन हुन्छ

 : विश्वप्रकाश शर्मा ,युवा नेता नेपाली काँग्रेस

नेपाली राजनीतीको विषयमा नेपाली मिडियाको उपस्थिति अवसर र चुनौति के छ ?

अव बुँदागत रुपमा र चुनौतिको पाटोमा जाउ । जस्तै म पृष्ठभूमि सम्झन्छु एउटा कालखण्ड थियो त्यो कालखण्डमा सुब्बा कृणलालले मकैको खेति लेखकै कारण े राणाकालमा दण्डीत हुनु भयो । राणाकाल गयो प्रजातन्त्र आयो राज महेन्द्रको शासन पनि आयो हामीले नेतृत्व गरेको शासन पनि आयो एवम् रितले पछिल्लो समयमा बीचार बोकेकै कारणले कृष्ण सेन इच्छुकले प्रताडित हुनु प-यो । यसवीचमा नेपालको पत्रकारिताले भोगेका पिडाका अरु थुपै्र दृष्टान्त छन् । टेकेन्द्र थापाले दैलेखमा सामाजीक काम गरेबावत उनलाइ जमीनमुनि गाढीनु परेको अवस्था हो । चाहे विरेन्द्र शाहाले त्यस पछाडिको कालखण्डमा हदैसम्म प्रताडित हुनु परेको घटना होस । नेपालको राजनीतिले स्मरण गर्दै गर्दा के पनि भुल्नु हुँदैन भने पत्रकारिता भनेको कागज हो कलम हो र उसले छाप्ने समाचार हो । त्यति मात्र होइन पत्रकारितालाई राजनीतिको नजरले बुझ्दै गर्दा त्यो पत्रकारले समातेको कलमको पछिल्लो तिर उसकी घरमा बीरामी रहेकी आमा स्कूल जान सकेकी वा न सकेकी छोरी पत्रकारको वास्तविक श्रमजीवि जीवन के छ भन्ने कुरा राजनीतिले बुभ्नु पर्छ । हामीमा आफ्नो अनुकूलको समाचार खोज्ने चलन रहेको छ । राजनीतिले त्यो कुरालाई त्याग गर्नु पर्छ आफ्नो प्रतिकूल समाचार आउदै गर्दा राजनीतिज्ञले यो बुभ्नु पर्छकि पत्रकारिताले मलाई ऐना देखाइ रहेको छ । उदाहरणको लागि भन्नु पर्दा सडकमा एउटा मान्छे नाङ्गै कुदिरहेको छ भने उसलाई लाज हुँदैन । उ नाङ्गै कुद्दैछ तर कसैले उसलाई रोकेर तस्विर खिंच्न लाग्यो भने तँलाई नाङ्गो तस्विर खिंच्न लाज लाग्दैन भन्छ ।

राजनीतिज्ञले मन्त्री बन्दै गर्दा प्रधानमन्त्री बन्दै गर्दा गल्तिहरु गर्दै गर्दा त्यो नाङ्गो दौडे जस्तै हो । गल्ति गर्नु भनेको भ्रष्टाचार गर्दा त्यो बेला उसलाई लाज हुँदैन र जब पत्रकारले समाचार छाप्छ त्यसबेला तस्विर खिंचे जस्तै तलाई लाज हुँदैन भनेर पत्रकारलाई औंला ठड्याउने चलन छ । त्यसकारण नेपालको पत्रकारितामा चुनौति धेरै छन् । मालिक र श्रमिकबीचको समस्या, सम्पादन गरिरहदा राजनीतिक आस्थाले चाही एक खालको घेरामा राख्ने अवस्था, समाचार लेखी रहदा खेरी बीकाउ ढङ्गका चिजहरु राख्यो भने अर्को प्रतिस्पपर्धी पत्रकारितालाई जित्न सकिन्छ भन्ने खालको मनोविज्ञान पनि चुनौतिका रुपमा मिडियामा छ , त्यो मनोविज्ञान भन्दा पत्रकारिताले माथि उठ्न सक्नु पर्छ । राजनीतिज्ञले पनि आफ्नो अनुकूलको समाचार मात्रै खोज्ने चलन र पत्रकारिता क्षेत्रलाई निर्देशित बनाउने नियन्त्रित बनाउने गर्ने खालको मनोविज्ञान यो मनोविज्ञानबाट राजनीति पनि मुक्तहुनु पर्छ ।
मलाई लाग्छ नेपालको राजनीति आज जुन ठाउँमा छ त्यो ठाउँमा आईपुग्दा राजनीतिले अझथप आलोचना मिडियाबाट प्रतिक्षा गर्नु पर्छ । आग्रह गर्नुपर्छ । त्यो स्वस्थ भइ दियोस आग्रह युक्त भइदिओस भन्ने अपेक्षा गर्नु पर्छ । यो संगै पत्रकारिता जनमतले पनि नकारात्मक कुराहरुको खोजिहुँदा पनि सकारात्मक कुरा संप्रेषण गर्ने कुरालाई पनि ध्यान दिनु पर्छ जस्तो कि मेरो बुझाइमा समाचार कुन बिकाउ भईराखेको हुन्छ भन्दा काठमाडौंको कुनामा एउटा राम्रो फुलेको फुलको कुरा कम प्रचारहुन्छ तर कुनै चौकमा भईदिएको एउटा घटना चाही बढी प्रचार हुन्छ । राम्रो कामहरु राज्यले गरेका छन् त्यो प्रचार हुन्न । मैले कतिपय टेलिभिजनमा प्रश्नकर्ताले पच्चीस वर्ष भयो अहिलेसम्म यो देशमा के भएको छ ? भनेर सोधीरहेको साथीहरु भेट्छु जबकि म जान्दछु पच्चीस वर्ष भित्र यही टेलिभिजनको उपस्थितिमा पनि मिडिया क्षेत्रमा भएको यत्रो परिवर्तन पनि छन् र त्यो सोध्ने प्रश्नकर्ताले प्रस्तुत यर्थात बिर्सिरहेको हुन्छ । त्यसैले देशमा भईरहेका राम्रा कामहरुलाई संप्रेषण गर्ने संदर्भमा सबैभन्दा बढिभूमिका कस्ले गर्न सक्छ भन्दा मिडियाले गर्न सक्छ । राजनीतिले आफुलाई सुधार्दै जानुपर्छ ।राजनीतिमा सुधारको जरुरी छ । सुधार नभइकन राष्ट्रमा समग्र सुधारले गतिलिन सकिदैन ।

राजनीतिमा परिवर्तन आजको प्रधान एजेण्डा हो त्यो परिवर्तन गर्ने कुराको लागि राजनीतिलाइ पत्रकारितार्ले सघाउन सक्छ । तर सयौं पत्रकारिता जगतसँग एउटा राजनीतिक कार्यकर्ताको नाताले मेरो पनि अपेक्षा भनेको यो देशमा पच्चीस वर्ष यता भएको परिवर्तन जे छ त्यो परिवर्तन मिडियाले सकारात्मक ढङ्गले प्रचार गरिििदनु पर्छ । यदि सकारात्मक ढङ्गले समाचार दिन सकेनन भने े नागरिक निरास बन्छ । निरास मानिसको देश चाँडो बन्दैन । उत्साहित मानिसको देश नै समुन्नत बन्ने हो । नेपाल भन्दा सुन्दर देश अर्को छैन । भन्ने हो भने भएका राम्रा काम बुझाउन सकिन्छ । यो पच्चीस वर्षको बीचमा विगतमा भन्दा धेरै राम्रो काम भएका छन । गाउँमा उपस्वास्थ्य चौकि पुगेका थिएनन आज हरेक गाउँमा उपस्वास्थ्य चौकि पुगेका छन् । हिजो शिक्षाको जति मात्रा संख्या थियो त्यो भन्दा ठूलो संख्याको मात्रामा रोजगारीको अवसर शिक्षा क्षेत्रमा वृद्धि भएको छ । हिजो बीजलीवत्ती चालिस प्रतिशत नागरिकको घरमा बल्थ्यो भने आज पचासी प्रतिशत नागरिकको घरमा बीजलीवत्ती बल्छ । हिजो बाइस चौबिस प्रतिशत नागरिकको घरमा खाने पानी पुगेको थियो भने आज अस्सी प्रतिशत नागरिकको घरमा खाने पानी पुगेको छ । हिजो सञ्चारको रुपमा एउटा सदरमुकाममा गएर टेलिफोन गर्ने नागरिक आज घरमा लेनलाईनबाट वा मोबाइलबाट घरको आँगनमा करेसाबारीमा बसेर संसारसँग गफ गर्न सकने  भएका छन । हिजो सदरमुकाममा आएर कलेज पढ्ने बाआमाका छोराछोरी आज गाउँमा प्लसटू गर्नसक्छन् । आज रेमिटेन्सकै कारणले सयौं गाउँमा एउटा खुशि आउने प्रयत्न भएको छ । त्यसको आफ्नो प्रकारको चुनौति पनि छन् । मिडियाले राजनीतिलाई सुधार गर्ने कुरा लेखौ राजनीतिलाई अनुहार देखाउने कुरा लेखौ राजनीतिलाई बाटो देखाउने कुरा लेखौ । वास्तवमा राजनीतिले पत्रकारिताबाट उठेका प्रश्नहरु हार्दिकता पूर्वक ग्रहण गर्नु पर्छ र करेक्सन गर्नु पर्छ । तर जुन देशमा युवकको हातमा विद्रोहीले बन्दुक हालि दिन्छन् त्यो देशको राज्यले युवाले हातमा पासर्पोट हालि दिन्छन त्यो स्वाभाविक हुन्छ । अनि एकथरिले बन्दुक र अर्को थरिले पासपोर्ट हालेर देशलाई युवा विहिन बनाउँदै गर्दा त्यो देशले किमार्थ दिन्छ प्रगति गर्न सक्तैन । त्यसैले अहिले हामी जुन ठाउबाट आर्थिक समुन्नतिको लागि पत्रकारिता जगतले भएका राम्रकुरालाई प्रचार गर्ने र नराम्रा कुरालाई प्रहार गर्दै जाने हिम्मत गर्नुपर्छ ।

अब राजनीतिक पाटोको संदर्भमा भन्नुपर्दा : राजनीतिक दलले मुलुककलाइ े संघीयता तर्फत लगे तर संघीयताको मानसिकता भने अझै विकसित गर्न सकेका छैन । त्यस्तै राजतन्त्र त अन्त्य भयो गणतन्त्र अनुकूलको प्रवृतिको विकास गर्न सकेका छैनन । मलाई लाग्छ राजनीति कार्यकर्ताले मिडियासँग गर्ने अपेक्षा भनेको यो संदर्भको दृष्टिकोण पनि हो । त्यस पछिको अर्को विषय भनेको नेपाल तराइ पहाड हिमाल छ कुन राजनीतिक दलले कुन प्रकारको आकांक्षा राख्छ भन्ने भन्दा पनि संविधानले नै निर्दिष्ट गरेबमोजिम संघियतामा जादै गर्दा सामथ्र्येका चार र पहिचानका चारवटा मुद्दा केन्द्रमा राखेर जाने विषयमा राजनीतिक दलहरु सहमत भए पनि पहाडमा मधेको दुरीको मनोविज्ञान र मधेशमा पहाडको दुरीको तिक्तताको मनोविज्ञान जो छ त्यो मनोविज्ञानले गर्दा बानेश्वर र जलेश्वरको बीचमा दुरी घटेको छ । काठमाडौंबाट मधेसलाई हेर्दा पुर्वाग्रही मनोविज्ञानले हेर्ने र मधेसले काठमाडौंलाई उही पुरानो काठमाडौं भनेर हेर्ने चलन बढ्दो छ । त्यसलाइ चिर्नेहो भने त्यसमा मिडियाले कुनैन कुनै सृजनात्मक ढङ्गले समन्वयमुलक दृष्टिकोण सपम्प्रेषण र बहस गराउने कुरा मिडियाले गर्न सक्छ । IMG_20170609_112008

मलाइलाग्छ आजको युवाले आजको राजनीतिले आजको पत्रकारिताले नेपालको नविन अभ्यासमा काम गर्न पाएका छन् । नब्बेसालको भुईचालो जादैगर्दा तपाई के गर्दै हुनुहुन्थ्यो हजुर आमा भनेर नातीले सोध्ने चलन अब सकिसकेको अवस्था छ । किनकि अब नब्बेसालमा रहेका हजुर आमाहरु ह्जुरबाहरु लगभग लगभग बिदाईको क्रममा हुनुहुन्छ । अब पछिल्लो पुस्ताले के सोध्ने छन भने नेपालको संविधान निमार्ण गर्दा तपाई के गर्दै हुनुहुन्थ्यो हजुरबा । नेपालमा गणतन्त्र आउदा गणतन्त्रको लागि  आन्दोलन हुदा तपाई के गर्दै हुनुहुन्थ्यो हजुरआमा सोधिन्छ भने यो समयमा हामी नेपालमा जन्मीनु भनेको हाम्रो सौभाग्य हो । अहीले अमेरिकामा बसीरहेका जो छन् उनिहरु उनका पुर्खाले बनाई दिएको देशमा बाँची रहेका छन् । हामी भने भावीपुस्तका लागि देश बनाउने क्रममा लागेका छौ । देश बन्नु भनेको मेची महाकालीको सिमाना मात्रै होईन यो भूगोललाई भावानात्मक एकिकरणगर्नु हो । यसवीचमा मलाई लाग्छ नेपाली पत्रकारिताले चिरा चिरा पड्दै गईराखेको मनोविज्ञानलाई कुनै न कुनै रुपमा समन्वयनकारि भूमिका खेल्नुपर्छ । तर एउटा राजनीतिकर्मीको नाताले ठाडै रुपमा भन्नुपर्ने गर्दा यो रङ्ग र त्यो रङ्गको नाममा नेपाली पत्रकारितामा भएको विभाजन संघीयताको सवालमा देखिएको विभाजनलाइ पत्रकारिता जगतले किन एक मुद्दा बनाउन सक्दैन न ? संिवधान कार्यान्वयनतिर जादै गर्दा कार्यान्वयन गर्ने विषयमा पत्रकारिता जगतले राजनीतिकर्मीहरुलाई एक ठाउमा उभ्याउने, सुझाव दिने, दृष्टिकोण दिदै उत्प्रेरित गर्ने कुरा गर्न सक्यो कि सकेन ? मधेस र पहाडमा दुरी बढ्दै जादा मधेस र पहाड दुबै भूगोलका पत्रकारहरुले भावनात्मक रुपमा एकिवद्धता गरेर काठमाडौंमा दबाब दिन सके कि सकेन ? यस्ता प्रकारका प्रश्नहरु पत्रकार जगतले आफुले आफुलाइ ई हेर्ने संर्दभमा पनि गर्नु पर्छ ।

अन्तत म फेरी त्यही अभिव्यक्ति दोह्या-उछु प्रजातन्त्र र पत्रकारिता भनेको यो एउटी आमाले एकसाथ जन्म दिने सन्तान हुन । प्रजातन्त्र विना पत्रकारिता अर्थहिन हुन्छ । प्रत्रकारिताको साथ र प्रत्रकारिताले देखाउने आलोनात्मक आफ्नो अनुहार हेरेर आफु पस्किृत हुन सकेन भने प्रजातन्त्र पनि अर्थहिन हुन्छ । विश्वको कुनै पनि कुनामा प्रजातन्त्र कति सुन्दर छ कति समुन्नत छ भनेर बुझ्नको लागि प्रत्रकारिता कति राम्रो छ भनेर बुझे पुग्छ । त्यसैले मलाई लाग्छ प्रजातन्त्र र पत्रकारिता सहोदर दाजुभाई हुन यीनको समन्वयका साथ हार्दिकताका साथ एकले अर्कोलाई सुझाव दिने दबाब दिने सिकाउने र सँग–सँगै हिंड्नु जरुरी छ । पत्रकारिता जगतले हार्दिक बन्दै गर्दा राजनीतिक पक्षले पनि जिम्मेवार बन्नुपर्छ । अहिले को राजनीति भनेको संविधान कार्यान्वयनमा जाने विषय नै हो । संविधान कार्यान्वयनका लागि अघिललो सरकारले संशोधन गर्दे मधेको मुद्दालाई सम्बोधन गरेर जाने कुरामा नीतिगत कुरामा सहमति जनाएका हुन । मलाई लाग्छ अघिल्लो सरकारले कोरेका केही कुराहरुमा संविधान संशोधन गरेर सिमाङ्कनमा हेरफेर गर्ने कुरामा सिद्धान्त खास गरेर काँग्रेस र एमाले सहमत भईसकेको अवस्था हो विगतको स्मरण गर्ने हो भने । को सरकारमा छ को सरकारमा छैन भन्ने कुरा भन्दा पर गएर वा त्यसभन्दा माथी उठेर यो मुद्दालाई राष्ट्रिय स्तरमा सम्बोधन गर्नतिर लाग्नु पर्छ यसले संविधानको कार्यान्वयनलाई गति दिन्छ, निर्वाचन प्रकृयालाई गति दिन्छ र २०७४ माघ ७ सम्म हामी सहज अवस्थामा पुग्न सक्छौ ।

यो संदर्भमा पत्रकारिताले पहिला त  आफैमा समस्याको पहिचान गरेर दृष्टिकोण बनाउन सक्छ । त्यो दृष्टिकोण भनेको राजनीतिक जटीलता ? त्यसको निकास ? जसमा चाही अलिकति काँग्रेस पछिसरोस अलिकति एमाले पछिसरोस अलिकति मधेसले त्यसलाई ग्रहण गरोस अलिकति पहाडले त्यसलार्य ग्रहण गरोस । तर ठिक यसको विपरित अहिले पत्रकारिता जगतले आ-आफ्नो  हातमा  पत्रिका समातेर आ–आफनो आस्था बमोजिम आआफ्नो  आग्रह बमोजिम समाचार सम्प्रेषण गर्ने भन्दा बाहेक तत्काल त्यस्तो उल्लेख्य काम पत्रकारिता जगतले गरेको छैन । मलाई लाग्छ नेपालको राजनीतिक आन्दोलनको विजारोपणनै पत्रकारिता जगतबाट भएको हो । कृष्णलालले मकैको खेती लेख्दै गर्दा राजनीतिक आन्दोलनलाई गतिदिए । पञ्यतकालमा साप्ताहिक पत्रिकाहरुले त्यो गति दिए । पछिल्लो कालखण्डमा चाही सातौ दलपछि आठौ दल भनेर पनि पत्रकारिता जगत राजाको सरकारबाट आरोपीत भयो त्यो तेज उर्जा भरिएको पत्रकारिता जगत अहिले कता छ ? अलग अलग आस्था अलग अलग पानाहरुमा विभक्त भएको पत्रकारितालाई अहिले जुटाएर राष्ट्रका लागि एउटा सार्वजनिक दृष्टि बनाउनु जरुरी छ

काठमाडौं पत्रकार महासंघको १० औ अधिवेशनको क्रममा प्रकाशित स्मारिकामा मुद्रित, श्रीजन झाकोसंगको वार्तामा आधारित