बिहिबार, बैशाख १३, २०८१

उपभोक्ताकर्मीको आँखामा नेपाली मिडिया

-रन्जन शर्मा खनाल-

 उपभोक्ता अधिकार, उपभोक्ता हितका कुरा वा उपभोक्तालाई सचेत सुचित गर्ने अभियानलाई समृद्ध, सबल र लोकप्रिय रुपमा प्रस्तुत गर्ने एउटा जबरजस्त माध्यमका रुपमा नेपाली भिडिया प्रस्तुत भैरहेको यर्थातता हामी माझ छर्लङ्ग रहेको हुँदा नेपाली भिडियालाई हामीले हाम्रा आवाज र आँखाका रुपमा लिएका छौं ।

   सरकार, दल र दलका नेताहरु बेइमान व्यवसायीहरुसँग आफु अनुकुल ब्यवहारमा रमाइ रहेको बर्तमान परिस्थितीको समिक्षा गर्नुपर्ने यो महत्वपूर्ण घडिमा नेपाल भरिकै पिडित, अपेक्षित, प्रताडित र संविधानमा मौलिक हकमा उल्लेख गरिएका तर व्यवहारमा प्राप्त नभैरहेका उपभोक्ता अधिकारलाई व्यवहारमा स्थापित गर्ने हाम्रा आवाजहरुलाई, विचारहरुलाई, प्रस्तुतीहरुलाई उपभोक्ता माझ सकारात्मक रुपमा पस्कने, आफैमा संघर्षरत नेपाली भिडिया म जस्ता उपभोक्ताकर्मीलाई बरदान सावित भैरहेको स्मरण गराउन चाहान्छु ।    बिगत १ दशकदेखि हामी र नेपाली मिडियाको सार्थक प्रयाशका कारण हाम्रो अभियानका बारेमा चर्चा चल्न थालेको तर सरकार उपभोक्ता अधिकारका क्षेत्रमा उदासिनरहेको यथार्ततालाई प्रष्टरुपमा नेपाली उपभोक्ता माझ पस्कन सफल नेपाली मिडिया र मिडियाकर्मी साथीहरुप्रति आफ्ना तर्फबाट आभार व्यक्त गर्न चाहान्छु ।

 उपभोक्ता अधिकार अर्थात बस्तु र सेवा माथिको नागरिकको अधिकारको अवस्थाबारे हाम्रा भोगार्इबारे सबै कुरा प्रष्ट उल्लेख गर्न सम्भव छैन । तर यो एउटा अवसरको सर्वोत्तम उपयोग गर्नु मेरा लागी, यो लोकप्रिय मिडीया र सम्पूर्ण देशभरिका उपभोक्ताहरुका अधिकार रक्षाको सन्दर्भमा न्यायोचित (जायज) हुने छ । उपभोक्ता अधिकार रक्षाको अभियान नेपाली मिडिया र उपभोक्ताकर्मीद्वारा सञ्चालीत हाम्रो साझा अभियानका रुपमा अघि बढी रहेको साझा आन्दोलन, अभियान हो ।  हामी नेपाली उपभोक्ता शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत, टेलीफोन, खाद्यान्न, लत्ता कपडा आदि सबै क्षेत्रमा ठगीएका छौं । राज्यले हामीलाई दिनुपर्ने सेवामा समेत ठगीएका छौं । हामीले बिजुलीको मिटर प्राप्त गरेका छौं, तर हामीलाई चाहिने बेलामा बिजुली पाएका छैनौं । पानीको धारा जडान गरेका छौं, शुल्क जरिवाना तिर्छौ, तर धारामा पानी आउँदैन । कहिले काहि त ढल मिसिएको पानी समेत खानेपानीको धारामा आउँछ । यातायातका सन्दर्भमा बसमा, माइक्रोमा यात्रीको कान्तबिजोगको चर्चा जगजाहेर छ । कोलीफर्मयुक्त आँगन ब्राण्डका मिठाई खाएर खुशी बाँडी रहेका छौं । दुःखसाथ उजागर गर्नै पर्छ, देशको राजधानीमा रहेका स्वास्थ्य संस्थाहरुको मापदण्ड तोकिएको छ, तर कुनैपनि अस्पताल तोकिएको मापदण्डमा सञ्चालित छैनन् । उपभोक्तालाई खाना नाश्ता खुवाउने होटलहरु मनपरि ढङ्गले सञ्चालित छन् । सेवा शुल्क (Service Charge)  मा Vat Tax जोडेर उपभोक्ता लुटिरहेका छन् ।

     यी सबै कुराहरुले देशमा लुटिरहेका उपभोक्ताको स्थितीको दर्दनाक चित्र प्रष्ट प्रस्तुत हुनेनै छ । यी तथ्यहरुलाई स्मरण गरेर राज्यद्वारा सञ्चालित लाचार, नियमक निकाय र सरकार माथी आक्रमक दबाबको खाँचो छ । जसका लागी हामीलाई नेपाली भिडियाजगत, मिडियाकर्मीको जोडदार सहकार्यको अपरिहार्यता हामीले महसुस गरेका छौं । तसर्थ आ–आफ्नो क्षेत्रवाट हामी सबै उपभोक्ता अधिकार रक्षाका लागी लुटिरहेका नेपाली उपभोक्ताहरुको रक्षाका लागी एउटा आवाज, एउटा प्रस्तुती, एउटा जोडदार दबाबमुलक प्रस्तुतीका साथ हाम्रो अभियानलाई सकारात्मक उचाइतर्फ बढाई दिनका लागी म नेपाल भरिका उपभोक्ताहरुको तर्फबाट एउटा पात्र उपभोक्ताकर्मी विनम्रतापूर्वक तपाईहरु समक्ष निवेदन गर्न चाहान्छु । हाम्रा आँखामा रहेका मिडियाप्रतिको भरोसा हामीले शव्दहरुमा पूर्णरुपमा के कसरी व्यक्त गर्न पर्ने थियो, सो नजानेको हुन सक्छ, शव्दहरु र प्रस्तुतीले नेपाली मिडियाको यस क्षेत्रको महत्वलाई जति प्रस्तुत गर्नुपर्ने हो, सो रुपमा प्रस्तुत नगर्न सकेको पनि हुनसक्छ । तथापी मैले माथि उल्लेख गरे अनुसार नेपाली मिडिया, हामी उपभोक्ताकर्मीका आँखा हुन्, हाम्रा निमित्त धडकीरहने मुटु हुन अर्थात उपभोक्ताकर्मी र उपभोक्ताका निमित्त नेपाली मिडिया र मिडियाकर्मी साथीहरु हाम्रा अपरिहार्यता हुन् । त्यसैले नेपाली मिडियाजगतलाई मेरो तर्फबाट राजकिय सलाम अर्पण गर्दछु । सहकार्य जारी राख्न निवेदन गर्दैछु । फेरी पनि शुभकामना नेपाली मिडियाजगतलाई । जय नेपाली मिडीया, जय उपभोक्ता ।

                                      (काठमाडौं पत्रकार महासंघको १० औ अधिवेशनको क्रममा प्रकाशित स्मारिकामा मुद्रित । लेखक अधिवक्ता एवम् नागरिक न्यायिक उपभोक्ता मंचका महा सचिव तथा  केन्द्रीय आपूर्ति व्यवस्था समितिका  सदस्य हुनुहुन्छ । )