शुक्रबार, बैशाख १४, २०८१

कञ्चनपुर घटना राष्ट्रिय स्वभिमानप्रतिको प्रहार भएको ठहर

17350916_1386436324750887_1612262922_n

दोषीमाथि कडा कारवाही गरी न्याय गर्नुपर्नेमा जोड

प्रकाश उप्रेती/  चारआली चैत्र ६,   कञ्चनपुर घटना राष्ट्रिय स्वभिमानप्रतिको प्रहार भएको ठहर गर्दै झापाको मेचीनगरको नव सृजनशील युवा समाजले उक्त घटनालाई सरकारले चासो दिन आग्रह गरेको छ ।  निर्दोष व्यक्ति गोविन्द गौतमलाई भारतीय एसएसवीले गोली हानेर हत्या गरेको १० दिन वितिसक्दा पनि सरकारले चासो नदेखाएकै कारण दोषीलाई कारवाही नभएको भन्दै समाजले आइतबार श्रद्धाञ्जलि सभाबाट सरकारलाई चासो दिन आग्रह गरेको हो ।

भारतले सीमा क्षेत्रमा लगाइएको नियम अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई उल्लङ्घन गरेको भन्दै नेपाल सरकारले नेपालको राष्ट्रिय स्वभिमानलाई अक्षुण राख्न नेपाली नागरिकको अधिकारप्रति जिम्मेवार बन्न समेत आग्रह गरेको छ । श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै माओवादी केन्द्रका बद्री फुयाँलले एसएसवीले ठाडै नेपाली भूमीमा प्रवेश गरी सोझा नेपालीमाथि गरेको आक्रमण तथा हत्या नियोजित र नेपाल—भारत सीमाका अन्तराष्ट्रिय मूल्य मान्यतालाई नाघेको बताए । उनले सीमा क्षेत्रमा जस्तोसुकै घटना भए घटनाको प्रकृति हेरेर त्यसलाई नियन्त्रण लिन, साम्य पार्न गोली प्रहार गर्न पाइने व्यवस्था नभएकाले भारतले अन्तर्राष्ट्रिय क्षेत्रमा माफी माग्नुपर्ने बताए । भारतले विभिन्न बहानामा कहिले नेपालको सीमा अतिक्रमण, कहिले नेपालको स्वाधिनता, राष्ट्रियतामा आच आउने किसिमका गतिविधिका कारण नेपाल र नेपालीको सपना पूरा हुन नसक्ने फुयाँलको दावी थियो ।  कार्यक्रममा नेकपा एमालेका सुरेश बुढाथोकीले कञ्चनपुर घटनापछि सरकार निरीह बनेको आरोप लगाए । उनले नेपाली जनताले आफ्नो राष्ट्रको स्वभिमान बचाउन खोज्दा मृत्युबरण गर्दा समेत सरकार मौन हुनु, १० दिन वितिसक्दा पनि सत्यतथ्य 17361008_1386436718084181_1182577284_nछानविनका लागि भारत सरकारसँग समन्वय गर्न नसक्नुले सरकारले भारतप्रति लाचारीपन देखाएको उल्लेख गरे ।

नव सृजनशील युवा समाजका अध्यक्ष बद्री महतले अन्तराष्ट्रिय मूल्य मान्यता विपरीत भारतले नेपाली नागरिकलाई प्रहार गर्दै गोली बर्साउनुले नेपालको राष्ट्रिय स्वभिमानप्रतिको प्रहार भएको बताए ।  उक्त घटनाप्रति भारतले नेपालसँग माफी माग्नुपर्ने, मृतकका परिवारलाई न्याय दिलाई क्षतिपूति प्रदान गर्नुपर्ने र फेरि त्यस्ता घटना नदोहो¥याउन नेपाली राजनीतिज्ञहरु गम्भीर हुन जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा राप्रपा नेपालकी सविना वजगाई, नेपाली कांग्रेसका अर्जुन थेवे, माओवादी केन्द्रका कुमार भट्टराई, लक्ष्मण कार्की, निरु परियार, अवी चौधरी, युवराज न्यौपानेलगायतले घटनामा संलग्न एसएसवीलाई नियन्त्रणमा लिई दोषीमाथि कडा कारवाही गरी गोविन्द गौतमको परिवारलाई उचित न्याय र राहत प्रदान गर्नुपर्नेमा जोड दिए । स्वर्गीय गोविन्द गौतमको फोटो, प्ले—कार्ड र नेपाली राष्ट्रिय झण्डासहित चारआली चोकबाट इलामरोड र पूर्व–पश्चिम लोकमार्गमा खवरदारीका नारासहित -यालीपछि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा चारआली क्षेत्रमा सञ्चालनमा रहेका प्रतिभा युवा क्लब, क्रेटिभ नेप्लिज युथ क्लब, चारआली जेसीज, ट्याक्टर संघ चारआली, होटल व्यवसायी संघ चारआलीलगायतका संघसंस्थाको सहभागिता रहेको थियो ।