शुक्रबार, बैशाख १४, २०८१

झापामा खेलकुद पत्रकारिता प्रशिक्षण

बिर्तामोड माघ ६ ,  नेपाल पत्रकार महासंघ झापाको आयोजना र जिल्ला विकास समितिको आर्थिक सहयोगमा तीन दिने खेलकुद पत्रकारिता प्रशिक्षण विहिबार झापाको बिर्तामोडमा सुरु भएको छ ।  महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय DSC_0570सदस्य गणेश लम्सालले उद्घाटन गरेका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दुर्गानाथ सुवेदी, एन्फाका कार्यवाहक महासचिव सञ्जिव मिश्रले सहजीकरण गरिरहेको तालिममा जिल्लामा क्रियाशील ३० जना पत्रकारको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका सभापति कृष्ण हुमागाईं, प्रेस सेन्टर झापाका सचिव लीलाराज झापाली, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं, संघीय प्रेस फोरम नेपालका केन्द्रीय सदस्य डिकेश लामा, फोनिज झापाका अध्यक्ष गणेशमान मुखिया, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि लम्सालसहित कार्यक्रमका अतिथिहरुले खेलकुद क्षेत्रको विकासका लागि पत्रकारिताको योगदान महत्वपूर्ण हुने बताउँदै खेलकुद पत्रकारिता मार्फत खेल क्षेत्रको विकसमा टेवा पु-याउन सकिने   सकिने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । बताए ।