शुक्रबार, चैत्र १६, २०८०

पितृ मोक्षको कामना गर्दै सप्ताहव्यापी महायज्ञ

राजगढ माघ ४,  पितृ मोक्षको कामना गर्दै दक्षिणी झापाको राजगढ–८ स्थित शिद्धेश्वर शिवालय मन्दिरमा सप्ताहव्यापी श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम् धनधान्याञ्चल हुने भएको छ । महायज्ञको सम्पूर्ण तयारी पूरा भएको र भोलि वुधवारबाट महायज्ञ शुरु गरिने पूराण आयोजक समितिका वेदनिधि पाठकले बताए । Captureउनका अनुसार महायज्ञ माघ १३ गते समापन हुने छ ।

महायज्ञबाट देशमा दीगो शान्ति सहित मानवमा आध्यात्मिक चेतना वृद्धिहोस् भन्ने कामना गर्दै पितृ मोक्षको कामना गरिएको छ । महायज्ञमा पण्डित दिननाथ मिश्रको प्रमुख कथावाचन र पण्डित महेश्वर अधिकारीको पाठपारयण रहने पुराण आयोजक समितिका अध्यक्ष पार्वता पोखरेलले बताए । महायज्ञ सञ्चालनका लागि ४२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको बताइएको छ । महायज्ञबाट उठेको रकमले मन्दिरको घेरावेरा र पूजारी वस्ने आवास निर्माण गर्ने मूल आयोजक समितिका सचिव घनश्याम अधिकारीले बताए ।