शुक्रबार, बैशाख १४, २०८१

शिर्ष नेतृत्वको बैठक निष्कर्ष विहिन

 संशोधनको विधेयक फिर्ता नलिए जारी आन्दोलनल सशक्त बनाउँने एमाले सहित ८ दलको निर्णय

sambidhan

काठमाडौ मार्ग २८, व्यवस्थापिका संसदमा संविधान संशोधनको विधेयक दर्ता भएयता आन्दोलित एमाले लगायतका प्रतिपक्षीदलले सरकारले प्रस्तुत प्रस्ताव फिर्ता नलिएसम्म जारी आन्दोलनल सशक्त बनाउँने नितिगत निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल एमाले ,नेकपा माले , राष्ट्रिय जनमोर्चा, नेमकिपा , नेपाल परिवार दल, नेपाः पार्टी, जनमुक्ति लोकतान्त्रिक पार्टी, मधेसी समता पार्टीको नेताहरुको सयुक्त बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले  यदि सरकारलेले र्संशोधन विधेयक फिर्ता लिएको अवस्थामा निर्धारित मितिमा ३ तहको निर्वाचन गर्न आवश्यक कानुनको निर्माण लगायतका यावत अन्य प्रस्तावमा सरकारलाइ सहयोग पनि गर्न पछि नपर्ने नितिगत सहमति कायम गरेको छ ।

यसैवीच संशोधन प्रस्तावको बिषयमा साझा धारणा बनाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको आज बसेको प्रमुख तीन दलको बैंठक बिना निष्कर्ष टुंगिएको छ ।  बैंठकमा प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले दलहरु अल्मलिने समय नभएको भन्दै निर्वाचनमा जानको लागि पनि संशोधन प्रस्ताव पारित गरेर निर्वाचनको वातावरण बनाउन आवश्यक रहेको बताउँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले संशोधन प्रस्तावलाई थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा अभिव्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । यसरी संशोधनको प्रस्तावको सवालमा सत्तारुढदल र प्रतिपक्षीदलको आ–आफ्नै अडानका कारण बैंठक बिना निष्कर्ष टुंगिएको उल्लेख गरिएको छ ।