शुक्रबार, चैत्र १६, २०८०

एमाले स्थायी कमिटी बैठक:  निर्वाचनको वातावरण बनाउँन सरकारको ध्यानाकर्षण

काठमाडौं मार्ग ३०, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेको आज अपरान्ह बसेको निर्वाचनमार्फत राजनीतिक निकास निकाल्नुपर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकले जारी संविधानको कार्यान्वयन संगै राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक समृद्धि नै मुल मुद्धा भएको निष्कर्षको पहिचान गरेको छ ।  त्यस्तै बैठकले संसदमा  सरकारले दर्ता भएको  संशोधन विधेयक फिर्ता नगरे जारी आन्दोलनलाई सडक देखि संसदसम्म थप सशक्त बनाउने निर्णय पनि गरेको captureबैठक पछि  पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईद्दारा जारी  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तीमा अगाडि भनिएको छ,‘संविधानले निर्धारण गरेको मितिभित्र जनप्रतिनिधिमूलक निकायको निर्वाचन हुनु अनिवार्य छ । विसं २०७४ माघ महिना अगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ । साथै असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आमजनसमुदाय तथा विभिन्न सङ्घ सङ्गठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ भनिएको छ ।